काठमाडौँ, १८ साउन–पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । तीमध्ये ९ हजार ८९८ जनाको मृत्यु भएको छ भने हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *