दमक, १९ साउन–दमकका श्रष्टा मोहन ढुंगाना (मेचीपुत्र) सहितका केहि युवाले इलाका प्रहरी कार्यालयका बन्दीलाई लक्षित गरि चारवटा फेनसहित अध्ययनका लागि विभिन्न पुस्तकहरु प्रदान गरेको छ ।

आज इलाका प्रहरी कार्यालय परिसरमा पुगेर मेचीपुत्रसहित होटल व्यवसायी बाटोघरे कान्छाले दमक प्रहरी प्रमुख डिएसपी नवराज कार्कीलाई ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

मिन्ट सर्जिकलका सञ्चालक समेत रहेका युवा व्यवसायी मेचीपुत्रका अनुसार हिरासतमा रहेका बन्दीलाई गर्मीका समयमा हुने समस्यालाई सहज पुरयाँउन चार थान टेवल फेन र २५ थान विभिन्न साहित्यीक,जीवनी सम्बन्धी पुस्तकहरु उपलव्ध गराईएको हो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई,नेपाली कांग्रेस दमकका सचिव युवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *