काठमाडौं, २४ साउन–जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले कार्यकर्ता भेलालाई तिव्र पारेको छ । आज तेस्रो दिन चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ ।

सुनसरी, सर्लाही, रुपेन्द्रही र कञ्चनपुरमा कार्यकर्ता भेला हुँदै छ । सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्ने छन् । सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्मा र रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंहले सम्बोधन गर्ने छन् ।

कंचनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिताता दिए पनि महन्थ ठाकुर देश दौडाहामा निस्किएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *