दमक, २४ साउन–नेकपा (माओवादी केन्द्र) ले झापाको गौरिगञ्ज गाउँपालिका वडा नं १ माहाभारामा २१ सदस्य रहेको वडा कमिटि गठन गरेको छ ।

हिजो (शनिबार) माहाभारामा सम्पन्न पार्टी जिल्ला कमिटि सचिवालय सदस्य दुर्गा चम्लागाईको प्रमुख अतिथि र जिल्ला कमिटि सचिवालय सदस्य बिध्यानन्द राजवंशीको बिशेष अतिथिमा सम्पन्न भेलाले तीलक प्रसाद सिह राजवंशीको अध्यक्षतामा वडा कमिटि गठन भएको हो ।

नव गठित वडा कमिटिको सचिवमा टेकबहाुदर योङया छन् भने सदस्यहरुमा तालामर्डी वास्के, लक्षण राई, अमर राजवंशी, संजय ठाकुर, गंगाप्रसाद राजवंशी, कृष्ण प्रसाद पौडेल, देउ कुमार लिम्बू, खगेन्द्र श्रेष्ठ, प्रवीण राजवशी, देवेल राजवंशी, इन्द्र बहादुर राजवंशी लगायत छन् ।

सो अवसरमा वडा कमिटिका अध्यक्ष र सचिव लगायत सदस्यहरुलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *