पाडाजुङ्गी (कमल), २६ साउन–झापाको कमल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटि गठन अभियानलाई तिब्रता दिइएको छ । यसैबीच, आज कमल गाउँपालिकाको वडा ३ र ५ गरी दुई वटा वडामा वडा कमिटि गठन गरिएको छ ।

कमल-५ वडा कमिटीको अध्यक्षमा विरेन्द्र तिवारी र सचिवमा तेजप्रसाद उप्रेती चयन भएका छन् । २३ सदस्यीय गठित वडा कमिटीको सदस्यहरुमा लोकनाथ औलाली, मोनिका राई, कुमारी लिम्बू, गोमा तिवारी, चन्द्र राई, कुमार गुरुङ, मौलबहादुर राई, यामसागर गौतम, दुर्गा राजवंशी, नगेन्द्र बुढाथोकी, टंक खतिवडा, नविन धिमाल, राजु मगर, विन्दा बिक, राजकुमार कार्की, राम धिमाल, मन्तेस राय, बैजनाथ सहनी, पूरण भण्डारी, तेजप्रसाद गौतम र देवेन्द्र माझी चुनिएका छन् ।

यस्तै आजनै कमल-३ मा नर बहादुर लिङ्देनको अध्यक्षता र राजन चापागाईं सचिव रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।

सदस्यहरुमा टेकप्रसाद पौडेल, हरिप्रसाद कोइराला, डिल्लीराम तिवारी, डिल्लीराम सिटौला, बिमल शेर्पा, रुपा लिम्बू, जर्नादन घिमिरे, उदय पुकुटी, देबीका ढकाल, युवराज पराजुली, सुनिता राई, निरुता आले मगर, भीम प्रसाद चापागाई, अर्जुन शेर्पा, उमाकान्त निरौला, निरमाया राई, सामना शेर्पा, राजेश राई (नारायण) र भोजकुमार चापागाई चुनिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *