झिलझिले, २६ साउन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी नगरपालिकामा संगठन सुढृढिकरण कार्यक्रम सुरु गरेको छ ।
पछिल्लो समय, नेकपाबाट अलग भएको माओवादी केन्द्रले देशव्यापी पार्टी संगठन सुढृढिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संगठन सुढृढिकरण अन्तगर्त शिबसताक्षी नगरपालिकाको वडा नं ८ आज सम्पन्न वडा स्तरीय अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरुको भेलाले बिष्णुदास राईको अध्यक्षतामा २१ सदस्सीय वडा कमिटि गठन गरेको छ ।
पार्टीका प्रदेश १ का सदस्य तथा प्रदेश सभा सदस्य माननीय झलकसिंह दर्लामी मगर (शन्देस) को उपस्थितिमा वडा कमिटि गठन गरिएको नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
नगर अध्यक्ष भट्टराईका अनुसार वडा सचिवमा बिदुर निरौला चुनिएका छन् भने सदस्यहरुमा दिलहाङ्ग लावती, प्रेम रोक्का, रिता लामा, तारा घिमिरे, टिका माया विश्वकर्मा, रामप्रसाद उप्रेती, मानबहादुर विश्वकर्मा, कपिलमणी पोख्रेल, डेगनाथ गुरागाई, पर्शुराम खतिवडा, गणेश श्रेष्ठ, प्रेम कुमारी घिमिरे, दिलबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठ, मन माया गौतम, अर्जुन चापागाई, नेत्र राई र टीका बहादुर पतङगवा छन् ।
नव गठित कमिटिका अध्यक्ष र सचिवसहित सदस्यहरुलाई पार्टीका प्रदेश कमिटि सदस्य कल्पना कार्की, नगर अध्यक्ष भट्टराई लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तैं, कार्यक्रममा प्रमुख अतिथि पार्टी प्रदेश कमिटि सदस्य तथा सांसद दर्लामीले पार्टीको अगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
