काठमाडौं, २६ साउन–अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेको केही दिन भयो । मेस्सीलाई आफ्नो क्लब ल्याउनका लागि विश्व फुटबलका ठूला क्लबले प्रयास गरे ।

तर उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने पक्का भएको छ । पीएजीसँगको सम्झौताका लागि मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् ।

पीएसजीसँग दुई वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका हुन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्ध हुन लागेका हुन् ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *