दमक, २५ साउन–झापाको दमक लगायत पुर्वका चौक बजारको सडक पेटीमा गीत गाएर जीविकोपार्जन गर्ने दृष्ट्रिविह्रिनहरुलाई दैनिक हातमुख जोड्न कठिनाई भएको छ ।
कोरोना माहामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले बाहिर चौक बजार बन्दभएसंगै उनीहरुको दैनिक जीवन कष्टकर बन्दै गएको हो । उनीहरु आफ्नो परिवारका भोका पेटका लागि गीत गाएर केही पैसा सङकलन गर्न तयार छन् तर महामारीबीचको यो समयमा यी कार्यहरु सञ्चालन गर्न अनुमती छैन् । यस्तो अवस्थामा दुष्ट्रिविह्रिनहरुले आफु र आफ्नो परिवारको हातमुख जोड्ने बातबरण कसरी बनाउन सक्छ ?
सामान्यः सहज भएको समयमा दैनिक जसो उनीहरु घरबाट थोत्रो साउण्ड बक्स र माइक्रोफोन बोकेर घरबाट निस्कन्छन् । दिनभरी चौक बजारहरुमा पुग्छन् र सडकको पेटीमा गीत गाउँछन् । गाएर सङकलन गरेको केही पैसाले घर खर्च जोहो गर्छन् । तर, लामो समयदेखीको लकडाउनले उनीहरुको गीत गाउने कर्म बन्द भएको छ । गीत गाउने कार्य बन्द भएसँगै उनीहरुको घरको चुल्हो पनि बन्द भएको दृष्ट्रिविहिन युवराज घिमिरेले बताए ।
घिमिरेका अनुसार दमकमा गीत गाएर जीविका पार्जन गर्ने यस्ता दृष्ट्रिविह्रिनहरु झण्डै १२ देखी २२ जनाको संख्यामा छन् । पुर्वी पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, भोजपुरदेखी तराईको जिल्ला सुनसरी, सप्तरी, मोरङ र झापाका दुष्ट्रिविहिनहरु दमकमा बसोबास गर्दैआएका छन् । उनीहरु दमकस्थित सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनको क्रममा यहाँ आइपुगेका हुन् ।
सो बिद्यालयमा कक्षा १० सम्मको अध्ययन पुरा गरि हाल उच्च शिक्षा आर्जनको क्रममा दमकमा आएर बसोबास गरिरहेका उनीहरु बताउँछन् । कक्षा १० सम्म अध्ययनका लागि बिद्यालयमा छात्रावासको सुविधा छ । कक्षा ११ देखी सो सुविधा छैन् । बाँकी उच्च अध्ययनका लागि स्वयम् बिद्यार्थीले खर्च व्यवस्थापन गर्नुपर्ने प्रावधान छ ।
घिमिरे जस्तैं, चन्द्र मगर, निकी राई, रोशन थापा, सम्झाना थापा, पूर्ण राई, प्रमिला राई, गंगा भुजेल, राम बहादुर राई र रञ्जु रजकहरु पनि गीत गाएर जीविका पार्जन गरिरहेका छन् । उनीहरुको दमकमा आफ्नो घर छैन् । घर भाडा वापत महङ्गो शुल्क तिरेर कोठा बसिरहेका छन् ।
धनकुटाका रामबहादुर राई र रञ्जु रजक विबाहित दम्पती हुन् । उनीहरुका ८ महिनाको एक छोरा छन् । त्यस्तैं, रोशन थापा र सम्झाना थापा पनि पति–पत्नी हुन् । उनीहरुबाट पनि एक छोराको जन्म भएको छ । गंगा भुजेलको श्रीमान आफ्नो घर दार्जिलिङ फर्किएका छन् । उनीहरुको ८ वर्षका एक जना छोरा छ । छोरा दमकमै गंगाको साथमा छन् ।
उनीहरु घर भाडा वापत तिर्ने शुल्कसहित दैनिक नुन, तेल, चिनी, चामल लगायत खाना पकाउने ग्याँस लगायतका शिर्षकमा महिनामा ८ देखी १२ हजारसम्म खर्च हुने गरेको बताउँछन् । यी खर्चहरु व्यवस्थापन गर्न उनीहरुलाई समस्या थिएन । तर, लगातारको बन्दाबन्दीले गर्दा घर खर्च चलाउन मुस्किल परिरहेको छ, घिमिरेले भने ।
उनीहरु वन्दाबन्दीको समयमा घरभित्रै वस्नु परेको बताउँछन् । नगरपालिका वा अन्य संघसंस्थाले हाम्रो क्षमता अनुसारको रोजगार दिए हुन्थ्यो, घिमिरेले भने–हामी काम गथ्र्यौ र मागेर सडक सडकमा हिड्न त पर्दैन् ।
