काठमाडौं, २७ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३,४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पिअिसार परीक्षण गर्दा २,६१६ र र ५,७४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १,८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा ३,२२० भने ७९६ जना आइसियुमा र १८४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *