दमक, २७ साउन–कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्याकारी निर्देशकको रुपमा दोस्रो पटक नियुक्त भएको खुशियालीमा आज साँझ दमकमा दीप प्रज्वलन गरिएको छ ।
नेपाल तामाङ घेदुङ दमक नगर समितिले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा विद्युत प्राधिकरणको कार्याकारी निर्देशकमा घिसिङलाई दोस्रो पटक नियुक्ती गरेकोमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा घिसिङ जस्तो सक्षम र असल नेतृत्वदायी व्याक्तिलाई प्राधिकरणमा नियुक्ती गरेको भन्दै सरकारप्रति आभार प्रकट गरिएको नेपाल तामाङ घेदुङ झापाका पुर्व सचिव राजु तामाङले बताउनुभयो ।
नेपाल तामाङ घेदुङ दमक नगर समितिका अध्यक्ष दुर्गा तामाङ ब्लोनकाले नेपाल विद्युत प्राधिकरणको सेवा, विस्तार र पहुँचमा देखाएको कार्यकुशलताले कुलामान घिसिङको छवि उज्यालो ताराको रुपमा बनाएको बताउनुभयो । उनले कुलमान घिसिङले पहिलो आफ्नो कार्याकालमा देशमा बढ्दै गइरहेको लोडसेडिङ हटाएर प्राधिकरणलाई हरेक बर्ष ८ अर्व बढी नाफा दिलाउन सफल भएको बताउनुभयो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। तर शेरबहादुर देउवा नेतृत्वको सरकामा पम्फा भुसाल ऊर्जा मन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा अनुसार कुलमान प्राधिकरणमा फर्किएका हुन्।
