दमक, २८ साउन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक–४ मा २१ सदस्यीय रहेको वडा कमिटि गठन गरेको छ । हिजो (बुधबार) वडा नं ४ द्धारा आयोजित भेलाले अध्यक्षमा मानबहादुर श्रेष्ठ र सचिवमा सुशिल कार्कीलाई चयन गर्दै वडा कमिटि गठन गरिएको हो ।

वडा कमिटिका सदस्यहरुमा अनिमा तामाङ, विष्णुमाया धिमाल, कृष्ण बुढाथोकी, भीष्म उप्रेती, सरस्वती नेपाल, बीरबहादुर बिश्व, भोजमान विश्वकर्मा, शेरबहादुर खड्का, उर्मिला तामाङ, कृष्ण कुमार बिष्ट, दिपक सुनुवार, लीलादेबी बर्देवा, बेदमाया ढुङ्गेल, तारामान खत्री, भुवन खड्का, मन कुमारी मैनाली, शिबलाल गौतम, बिनोद धिमाल, र धनबहादुर धिमाल छन् ।

पछिल्लो समय दमक नगरको सवै वडाहरुमा प्रशिक्षण मुलुक भेलाको आयोजना गरेर वडा कमिटि गठन गर्दै आइरहेको पार्टीका दमक नगर सचिवालय सदस्य एबम् दमकका युवा व्यवसायी अशिम राईले जानकारी गराउनुभयो ।

नव गठित कमिटिलाई पार्टीका तर्फबाट बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरिएको थियो ।

वडा कमिटि गठन कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य एबम् नेता गगन पुरी, श्रीकान्त, बेदु गौतम लगायत दमक नगर कमिटिका सचिव तीर्थराज (शखर) बस्नेत र अशिम राईको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *