काठमाडौं, २८ साउन–लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको समय सकिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएर संविधानको धारा १६८ (२) को सरकार गठनको लागि आह्वान गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको हो ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ४२ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको छ ।

गठबन्धनमा आबद्ध प्रदेशसभा सदस्यले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलका अनुसार मुख्यमन्त्रीमा केसीको मात्रै दाबी परेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *