काठमाडौं, २८ साउन–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टालटुले नभएर देशमा आमूल रूपान्तरण र नयाँ ध्रुवीकरणको आवश्यकता भएको औल्याएका छन्।
सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयाँ युगको आवश्यकता अनुरूप भएको उनले बताएका छन्।
ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘टाउकोको ओखती नाइटामा लगाएर हुन्न। अहिले सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयाँ युगको आवश्यकता अनुरूप पार्टीको विचार नीति कार्यक्रमको विकास, संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति हो। अतः टालटुल हैन आमूल रूपान्तरण र नयाँ ध्रुवीकरण गरौँ१’
विचार–नीति–कार्यक्रमको विकास, संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति भएको उनले तर्क गरेका छन्।
