काठमाडौं, २८ साउन–कांग्रेसले आगामी महाधिवेशनमा सभापतिका उम्मेद्वारले उम्मेद्वारी शुल्क ३० हजार प्रस्ताव गरेको छ ।
केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।
उपसभापति र महामन्त्रीले २५ हजार, सहमहामन्त्रीले २० हजार, केन्द्रीय सदस्यले १० हजार मनोनयन शुल्क प्रस्ताव गरिएको छ । तर, आफ्ना धारणा राख्ने केन्द्रीय सदस्यहरुले यो शुल्क महङ्गो भएको बताएका छन् ।
