काठमाडौं, २८ साउन–नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको ? भन्दै प्रश्न गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आक्रोश, कुण्ठा, अहंकार स्पष्ट देखिन्थ्यो।’

कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेको उनले आरोप लगाए।

थापाले भने, ‘उहाँले भूमि फिर्ता कहिले ल्याउनुहुन्छ ? भन्दै गर्दा सिंगो संसदले साथ दिएको उहाँले बिर्सिनुभयो। उहाँले पहलको नाममा टेलिफोन वार्ता गर्नुभएको रहेछ। उहाँले १६५ सांसद हुनुहुन्छ ? एमसिसी के गर्नुहुन्छरु भन्दै गर्दा उहाँसँग पनि बहुमत थियो नी त्यति बेला के गर्नुभयो ?’

ओलीले संसदमा उभिएर भ्रष्टचारको कुरा गर्दा नसुहाएको बताए। भ्रष्टाचारको काण्ड ढाकछोप गर्नमा सबैभन्दा धेरै ओली नै जिम्मेवार भएको उनको भनाइ छ। ओलीले पञ्चायतपछि पहिलो पटक सत्तामा बसेर शक्ति प्रदर्शन गरेको जिकिर गरे।

ओलीकै अहंकारको कारणले गठबन्धन जन्मिएर सत्ताच्युत गरेको समेत थापाले आरोप लगाए।

गगनले प्रश्न गर्दै भने, ‘घाइतेहरूलाई उपचारको लागि पार्टी कार्यालयमा आऊ भन्दै गर्दा आफ्नै उपचारमा सरकारी ढुकुटी रित्याएको किन बिर्सेकोरु उहाँको प्रश्नमा आक्रोश, कुण्ठा थियो। प्रतिपक्षले गरेको प्रश्न नै थियो। अब सरकारले जवाफ कामबाट दिनुपर्छ।’

जनताले सरकारले गरेको विकासको कामलाई मात्रै देख्ने भएकाले काममा लाग्न आग्रह गरे। सरकार गठन भएको एक महिना भइसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता नपाएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पनि असन्तुष्टि प्रकट गरे।

खोपमा सरकारले गरेको पहल उपयुक्त भए पनि तयारीबारे सरकारको पहलबारे प्रश्न उठाए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *