काठमाडौँ, २९ साउन–नेकपा एमालेकी सांसद निरुदेवी पालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बौल्दै सांसद पालले एमसीसी राष्ट्रघाती र कयौँ प्रावधान असमान भएको भन्दै खारेज गर्न माग गरेकी हुन् ।

‘एमसिसीले तयार पारेको प्रस्तावानामा छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टीकरण सोध्न समेत पाउने छैन् । एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाझिएको खण्डमा स्वत नेपालको संविधानमा उल्लेखित कानुन लागू हुनु पर्ने होइन र ?’ पालले भनिन्, ‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ। यिनै आधार काफी छैनन् र एमसिसी खारेज गर्न ?’

एमसीसी अहिले संसदमा विचारधिन अवस्थामा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *