धरमपुर, ३० साउन–नेकपा (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी–१ धरमपुरमा आज नेत्र नेम्बाङको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरेको छ । सो कमिटिको सचिवमा पुर्ण लकान्द्री रहनुभएको छ । वडा कमिटिका अध्यक्ष नेम्बाङ यसअघि नेकपा वडा कमिटिका सचिव हुन् ।

त्यस्तैं, वडा कमिटिको सदस्यहरुमा पुर्णलाल राजवंशी, कल्पना बुढाथोकी, राम कार्की, पशुराम तिम्सिना, दिनेश रसाइली, विमला राई, रत्नमान राई, मनमाया माझी, खेम ढकाल, बिनोद राजवंशी, दिपिका रसाइली, लक्षमण तिम्सिना, कृष्ण बहादुर वस्नेत, गोपी कृष्ण वस्नेत, रुप नारायण भण्डारी, प्रेम बहादुर राई, सविना तिम्सिना, निर्मला दर्जी, मित्रलाल लकान्द्री र सुर्यमान राई छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका प्रदेश कमिटि सदस्य तथा प्रदेश १ का सांंसद झलकसिंह दर्लामी ‘सन्देश’ हुनुहुन्थ्यो । सो क्रममा सो अवसरमा नेता ‘सन्देश’ले नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखी प्रदेशहुदै जिल्ला-जिल्लाबाट स्थानीय तह-पालिकाहरुसम्म संगठन सुढृढिकरण अभियान सञ्चालन तीब्र गतिमा भइरहेको बताउनुभयो ।

त्यस्तैं, कार्यक्रममा पार्टी नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर कार्यालय सदस्य तथा सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, नगर कमिटि सदस्य तथा प्रदेश सांसद झलकसिंह दर्लामी मगरका स्वकीय सचिव दुर्गा नेम्बाङ, भुवन राई, ज्ञानेन्द्र तिम्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नवगठित कमिटिका अध्यक्ष, सचिव र सदस्यहरुलाई कार्यक्रममा बधाई तथा सफल कार्याकालको शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन दुर्गा नेम्बाङले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *