अनिलदेब राई/शिबगञ्ज (हल्दिबारी), ३० साउन–ब्लड क्यानसरबाट पीडित झापा शिबसताक्षी–६ शिबगञ्जस्थित हल्दिबारीका अजय राजबंशीको उपचारमा सहयोग जुटाउने उदेश्यले अजय बचाउ अभियान समिति गठन गरिएको छ ।
आज (शनिबार) शिबसताक्षी-६ का वडा अध्यक्ष मनोज खुलाल कार्की र स्थानीय संघसंस्था, सामाजिक र राजनीति अगुवासहित व्यवसायी र भद्रभलादमीहरुको उपस्थितिमा अजय राजवंशी बचाउ अभियान समिति गठन गरिएको हो ।
समितिको संयोजकमा सिकिन पासवान, सचिवमा सूर्यनारायण राजवंशी छन् भने सदस्यहरुमा रामनरेश शर्मा, डम्बर बहादुर राजबंशी, मनकुमार इजम, यामलाल राजबंशी, पुजन कटुवाल, भीम बोहोरा, मिलन सापकोटा, राजेन्द्र प्रसाद ताजपुरिया, भैरब राजवंशी, भक्तिप्रसाद काफले र कुवेर राजबंशी छन् ।
शिबगञ्जस्थित हल्दिबारीका सैरभ राजबंशीका २१ वर्षिय छोरा अजयलाई बिपी कोइराला मेमोरियल क्यानसर अस्पताल चितवन भरतपुरले २७ बैशाखमा ब्लड क्यानसर भएको प्रमाणित गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर राजवंशी परिवारलाई अजयको उपचारमा रकम जुटाउन समस्या भएकोले अजय बचाउ अभियान सहयोग सञ्चालन गर्नुपरेको पीडितका छिमेकी पुजन कटुवालले बताउनुभयो ।
अभियान संयोजक पासवानले मानवीय सेवाप्रति काम गर्न रुचाउने मनकारी र सहयोगी दिदीबहिनी र दाजुभाईहरुमा अजय राजवंशी बचाउ अभियानमा सहभागि बन्न आग्ह गरेका छन् । उनले देश तथा बिदेशमा बस्नुहुने नेपालीहरुलाई अजय राजवंशीको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिएर जीवन बचाइदिन अपिल गरे ।
यता, अजय बचाउ अभियानका लागि झापा शिबसताक्षी-६ शिबगञ्जमा रहेको एक्सल डेप्लोमेन्ट बैंक लिमिटेडमा ब्लड क्यानसरबाट पीडितका आमा प्रवित्रा राजबंशीको नाममा ००८०१२०००४०८५९०००००१ खाता सञ्चालन गरिएको छ । थप जानकारीका लागि पीडितका बुबा सैरभ राजबंशी (शिबगञ्ज)-९८१६९९६४३२

