काठमाडौं, ३१ साउन–करिम बेन्जिमाको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले आलाभेजलाई ४–१ ले हराएको हो । उसैको मैदानमा आलाभेजलाई फराकिलो अन्तरले हराउँने क्रममा रियल मड्रिडका लागि करिम बेन्जिमाले २ गोल गरे । नाचो र भिनीले १–१ गोल गरे ।

जितसँगै रियलले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । यता भने अलाभेसले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *