काठमाडौं, ३१ साउन–लिरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे ।
लिगको पहिलो खेलमै नर्विचविरुद्ध गोल गरेका सलाहले प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।
सलाहले लगातार ५ सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
