दमक, ३१ साउन–बढ्दो महामारी र लगातारको लकडाउनले झापाको झिलझिलेस्थित सतासीधामका साधुसन्तहरुलाई खाद्यान्य सामाग्रीको अभाव भएपछि दमकस्थित पहिलो पाईला नेपालले राहत उपलब्ध गराएको छ ।

सतासीधाममा आश्रित साधुसन्तहरुालई खाद्यान्य सामाग्रीको अभाव भएको समाचार सार्वजनिक भएपछि पहिलो पाईला नेपाल दमक शाखाले शनिबार धामस्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।

पहिलो पाईला नेपाल दमक शाखाले धाममा आश्रित साधुसन्तहरुलाई चामल एकसय केजी, आलु (तरकारी) १० केजी, दाल ५ केजी, नून ५ केजी, तेल ६ लिटर, भूजा ५ केजी र सावून (नुहाउने) एक दर्जन उपलब्ध गराएको सल्लाहकार एबम् निम्स नेशनल अस्पतालका सञ्चालक गणेश प्रधानले जानकारी दिनुभयो ।

प्रधानका अनुृसार सो सामाग्रीहरु साधुसन्तहरुको उपस्थितिमा सतासीधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रसाद सुब्बालाई हस्तान्त्रण गरिएको थियो ।

सो सामाग्रीहरु हस्तान्त्रण कार्यक्रममा पहिलो पाईला नेपाल दमक शाखा अध्यक्ष दिपक खढ्का, दमकका व्यवसायी एबम् लायन्सकर्मी बिमल शर्मा, दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु खड्का, दमकस्थित निम्स नेशनल अस्पतालका सञ्चालक गणेश प्रधान लगायतको उपस्थिति रहेको थियो ।

सामाग्री हस्तान्त्रण कार्यक्रमको सञ्चालन पहिलो पाईला नेपाल दमक शाखा सचिव मेघनाथ फूयालले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *