धरमपुर (मंगलबारे), ३१ साउन–संगठन सुढृढिकरण अन्तगर्त नेकपा (माओवादी केन्द्र) ले झापाको शिबसताक्षी नगरपालिकामा वडा कमिटि गठन अभियानलाई तिब्र गतिमा अघि बढाइएको छ ।
यसैबीच आज (आइतबार) धरमपुरस्थित मंगलबारेमा आयोजित पार्टीको भेलाले शिबसताक्षी वडा नं २ को वडा कमिटि गठन गरिएको छ । सो भेलाले भीम नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । सो कमिटिको सचिवमा उमाकान्त काफ्ले छन् ।
नेम्बाङ यसअघि नेकपाको वडा कमिटिका अध्यक्ष हुन् । उनी मंगबलारे बजार व्यवस्थापन समितिका अध्यक्ष हुन भने उद्योग व्यवसायमा सक्रिय छन् ।
त्यस्तैं, वडा कमिटिको सदस्यहरुमा मकर नेम्बाङ, दधिराम ढकाल, मोहन कोइराला, खड्क भुजेल, देउप्रकाश राई, पार्वता लिम्बू इगनाम, प्रेम कुमार राई, चम्पा बिश्वकर्मा, सामसन सोरेन, कुमार मोहरा, राजु राई, भीम थापा, बुद्धराज शेर्मा, कमला पुरी सुब्बा, भीम थापा, लुखी बेस्रा, गंगामाया विश्वकर्मा र बसन्ती राई छन् ।
कार्यक्रममा पार्टी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराई प्रमुख अतिथि थिए । प्रमुख अतिथि भट्टराईले नवगठित वडा कमिटिका अध्यक्ष, सचिव र सदस्यहरुलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तैं, सो कार्यक्रममा नगर कमिटि सचिवालय सदस्य एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, सञ्जय राई, कुमार कोइराला, वाइसियल नगर उपाध्यक्ष सञ्जिव राई लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन पार्टीका नगर सदस्य एबम् युवा नेता भुवन राईले गर्नुभएको थियो ।
