काठमाडौँ, ३२ साउन–प्रतिनिधिसभा बैठकमा एक सांसदले एमसीसी-एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् ।

सोमबारको बैठकमा बोल्दै सांसद यज्ञराज सुनुवारले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका हुन् ।

‘जुन देशका नागरिकले सरकारलाई सहयोग गर्दैनन्, बाहिरको सेना र सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्नु परेको घटनाले पनि देखाएको छ ।’

सांसद यज्ञराज सुनुवारले भने, ‘हामी पनि एमसीसी-एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रिऊँ ।’ उनले बेलैमा सचेत हुने पर्नेसमेत बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *