काठमाडौँ, १ भदौ–नेकपा (एमाले) का नेता माधव नेपालले एमाले विभाजन गर्न अध्यक्ष केपी ओली लागेको आरोप बताएका छन् । अध्यक्ष ओलीको अहंकार र दम्भले एमाले विभाजनको अवस्थामा पुगेका बताएका छन् ।

नेपाल समूहका जनवर्गीय संगठनले आज आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी योग्यता र क्षमता अनुसार जिम्मेवारी दिने भन्दा मदन भण्डारी फाउण्डेशनका नाममा गुट परिचालन गरेको आरोप लगाए । ओलीमा व्यक्तिवाद नराम्ररी देखापरेको बताए । व्यक्तिवाद गुटवादमा र गुटवाद अहंकारमा परिणत भएको बताए ।

पार्टीमा कसैले आलोचना गरे त्यसका विरुद्ध प्रतिसोधमा ओली लाग्ने गरेको नेपालको आरोप छ । ओलीकै कारण पार्टीलाई ठूलो क्षक्षि भएको छ, त्यो क्षति पुरा हुन लामो समय लाग्ने नेपालले बताए । उनले ओलीकै कारण पार्टीले ठूलो अवसर गुमाएको बताए । उनले भने, दुई तिहाई सरकार समाप्त पार्नु भयो, अहिले ८३ सीटमा खुम्चिनु पर्यो ।

अध्यक्ष ओलीका कारण राजावादी खुसियाली मनाउन थालेका छन्, धर्मनिरपेक्षता, संघीयता कमजोर पार्ने काम भएको छ । ओलीले सरकारमा हुँदा भ्रष्टचार गर्नु भयो, भ्रष्टचारीलाई संरक्षण गरेको आरोप नेपालले लगाए । ओलीले दुई दुई पटक संसद विघटन गरेर कीर्तिमान कायम गरेको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *