काठमाडौं, २ भदौं–जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात भएको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई मस्तिष्कघात ‘स्ट्रोक’ भएको हो। टुहरेको क्रिटिकल केयर युनिट (सिसियू) मा उपचार भैरहेको चिकित्सकले बताएका छन्।

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदै छ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ जस्ता लोकप्रिय गीत उनले गाएका छन्।

२०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो।jb

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *