धरमपुर, २ भदौं–झापाको पूर्व पश्चिम लोकमार्गमा पर्ने शिबसताक्षी–१ धरमपुरस्थित कमल खोलाको पुललाई समेत क्षति हुनेगरी जीर्ण बनेको स्लोभसहितको बाँधलाई सडक बिभाग कार्यालय दमक र स्थानीय राजनीति अगुवाहरुले स्थलगत अवोलकन गरेका छन् ।
गत असार र साउन महिनाको परेको अविरल बर्षाको कारण कमल पुलको पुर्वतर्फको तटिय क्षेत्रलाई नदीले क्षति हुन नदिन बनाइएको स्लोभसहितको बाँध भत्किएर जीर्ण अवस्था बनेको थियो ।
क्षतिग्रस्त सो बाँधलाई तत्काल निर्माण नगरिए अविरल बर्षाले थप कटान गर्दै पुर्वपश्चिम लोकमार्ग र दक्षिणी क्षेत्रमा रहेको मानव वस्तीलाई समेत क्षति हुने भएकोले आज सडक बिभाग कार्यालय दमक र स्थानीय राजनीति अगुवाहरुले संयुक्त रुपमा स्थलगत अवोलकन गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) शिशसताक्षी नगरका नेता एबम् प्रदेश सांसद झलकसिंह दर्लामी सन्देशको स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार क्षतिग्रस्त स्थलको अध्ययन गरिएको र त्यसलाई छिटै बनाइने सम्बन्धी छलफल भएको छ ।
दमकस्थित सडक बिभागको कार्यालयका प्रमुख रमेश पौडेल र कार्यालयका इन्जिनिरय अनुप पाउदेन, नेपाली कांग्रेसका नेता चन्द्रवीर नेम्बाङ, नेकपा (माओवादी केन्द्र) का नेता प्रेम याम्फू राई, नेत्र नेम्बाङ, पुर्ण लकान्द्री, भुवन सेन्दाङ लगायत स्थानीयवासीहरुले क्षतिग्रस्त स्थलको अध्ययन तथा अवोलकन गरेका थिए ।
सो क्रममा स्थानीयवासी देबेन्द्र निरौला, नरेन्द्र बोहोरा, रेवत निरौला, सागर माझी, गणेश माझी लगायतले तत्किएर जीर्ण अवस्थाको बाँधलाई तत्काल निर्माण गर्न आग्रह गरेका थिए ।
