अनिलदेब राई/दमक, २ भदौं–
लगातारको बन्दाबन्दीले ठप्प रहेको झापाको शिबसताक्षी-१ धरमपुर चौकमा अवस्थित ‘ओप्पा क्याफे एण्ड वार’ले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

झापामा भदौं १ गतेदेखि बन्दाबन्दीलाई खकुलो बनाएसँगै ‘ओप्पा क्याफे एण्ड वार’ले स्वास्थ्य सम्बन्धी आवश्यक सामाग्रीहरु प्रयोग गर्दै सेवा सञ्चालनमा ल्याएको हो । ‘ओप्पा क्याफे एण्ड वार’का सञ्चालक शुनिल नेम्बाङका अनुसार बन्दाबन्दीको समयमा व्यवसाय ठप्प रहेको थियो । उनले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभरी गरेको बन्दाबन्दीलाई भदौं १ गतेदेखि लागुहुने गरी केही खकुलो बनाएको अनुसार ओप्पा क्याफे एण्ड वारले सेवा सुचारु गरिएको बताए । उनले ‘क्याफे एण्ड वार’ले आवश्यक सवै स्वास्थ्य सामाग्रीहरु प्रयोग गरेको समेत बताएका छन् ।

‘ओप्पा क्याफे एण्ड वार’मा रु एक करोड ६५ लाख लगानी भएको छ । सो क्याफे एण्ड वारका सञ्चालक राज नेम्बाङका अनुसार स्थानीय ठाउँमै केही राम्रो कार्य गरौ भन्ने उदेश्यले धरमपुरमा यति ठूलो लगानीमा ‘क्याफे एण्ड वार’ सञ्चालनमा ल्याएको हो । राज र शुनिल दाजुभाई हुन् ।

‘ओप्पा’ कोरियन भाषा हो । नेपालीमा यसको अर्थ हुन्छ ‘बन्धु वा दाजुभाई’ । दाजुभाईले सञ्चालनमा ल्याएको ‘ओप्पा क्याफे एण्ड वार’मा ‘ग्राहकहरुलाई पारिवारिक वातबरणमा बस्न, खान वा खेल्न अनि रमाउन सक्ने बनाइएको छ’, राजले भने ।

‘ओप्पा क्याफे एण्ड वार’ सञ्चालन भएको भवन सञ्चालकको आफ्नै निजी घर हो । ‘ओप्पा क्याफे एण्ड वार’ साढे तीन तलाको छ । भवनभित्र ग्राहकहरुको सेवा र मनोरञ्जनको निम्ति आधुनिक कोठाहरु निर्माण गरिएको छ । एसी र नन्एसी कोठाहरु छन् ।

‘क्याफे एण्ड वार’को दोस्रो फ्लोरमा ७० जना क्षमतासहितको तालिम, बैठक वा सेमिनार लगायत अन्य प्रयोजनका निम्ति प्रयोग हुने कोठा समेत छ ।

त्यस्तै, ग्राउण्ड फ्लोरमा वार र भिआइपी लन्च कोठाहरु उपलब्ध हुने छ । पहिलो फेलोरमा एसीसहितका कोठाहरु छन् । चुरोट र हुक्का पारखीका लागि छुट्टै ‘स्मोकिङ जोन’ छ भने तेस्रो फ्लोरमा धरमपुर आसपास र उत्तरतर्फको हरियाली चुरे पाहाडहरुको दृश्यको अवोलकन गर्न बाल्कोनी ‘भ्यू कक्ष’ स्थापना गरिएको छ ।

१४ असारबाट सञ्चालनमा आएको क्याफे एण्ड वारले औपचारिक कार्यक्रमबीच उद्घाटन गरेको छैन् । बढ्दो महामारी र संक्रमणका कारण हालको समयमा औपचारिक कार्यक्रम नगरिएको सञ्चालक राज नेम्बाङले जानकारी गराए । क्रमशः सुधार हुने आशा छ, अझै समय हेरौ र औपचारिक उद्घाटन गरौ भन्ने योजना बनाएको छु, राजले भने ।

क्याफे एण्ड वारमा कोरियन खानाका बिभिन्न आइटमहरु उपलब्ध हुने छ । सो बाहेक नेपाली र इन्डियन खाने कुराहरु उपलब्ध गराइने सञ्चालक राजले बताए । त्यसो त अर्डर र ग्राहकको माग अनुसारका नेपाली साँस्कृतिक खाना तथा अन्य खाने कुराहरु उपलब्ध गराइने छ ।

त्यस्तैं, क्याफे एण्ड वारमा चिया, कफी, ग्रीन-टी, आइस-टी, जुस लगायतका सवै प्रकारका पेय पदार्थहरु उपलब्ध छ ।

‘ओप्पा क्याफे एण्ड वार’मा जन्मदिन, गुन्यू चोली, छेवर, पास्नी लगायतका मिनी सभा र समारोह गर्न सकिने छ । पाकिङको पर्याप्त सुविधा छ ।

हाल, ‘क्याफे एण्ड वार’मा प्रत्यक्ष ६ जनाले रोजगार पाएका छन् । यो महामारी पछि बजार तथा व्यवसाय सञ्चालनमा पुर्णरमा खुल्ला भएको अवस्थामा केही कर्मचारीहरु थप गरिने सञ्चालक राजले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *