काठमाडौं, २ भदौं–वरिष्ठ कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले केपी शर्मा ओलीकै कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका छन् ।

नेता मैनालीले ओलीकै व्यवहारका कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका हुन् ।

उनले भने,“ओलीकै कारण कम्युनिष्ट एकता भत्कियो । दुई तिहाईको सरकार ढल्यो । अदालतले नै प्रधानमन्त्रीबाट निकाल्नुपर्ने स्थिति बन्यो । यो सबै प्रकरणमा नाइके ओली नै हुन् ।”

नेता मैनालीले फुटपछि कार्यकर्तामा निरासा छाएको पनि बताए । केही समय उत्तेजनामा आए पनि दीर्घकालीन रुपमा सबैमा निरासा छाउने उनको भनाइ छ ।

माधव नेपालले आफू नभएर युवालाई नेतृत्व दिएको भए सकारात्मक सन्देश जाने नेता मैनालीको बुझाई छ । तर, ओली र माधव नेपाल दुवैले ‘तरक्की’ नगरेको उनले बताए ।

-१२खरीबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *