काठमाडौं, ३ भदौं–रसुवाको दक्षिणी कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। दुई बेपत्ता भएका छन्।

निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राति श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान र ८ वर्षीया सुकुमाया घलानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। पहिरोमा परी, ११ वर्षीया सोकिता घलान र ७ वर्षीय आशिष घलान अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको पाण्डेले बताए।

घाइते घलानको नुवाकोटको त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि पाण्डेले बताए। राति सुतिरहेको अवस्थामा पहिरो आएको र उनीहरुलाई पुरेको प्रहरीको भनाइ छ।

अहिले सशस्त्र, नेपाली प्रहरी र सेनाको टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको प्रमुख पाण्डेले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *