दमक, ३ भदौं–झापाको कमल गाउँपालिका र दमक नगरपालिकालाई जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।

दमक नगरपालिकाको नगर कार्यपालिकाको ९६ औं बैठकले निर्णय गरी कमललाई समेटेर उपमहानगरपालिका बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गर्दै भदौ एक गते दमकले पत्र पठाएको छ ।

मन्त्रालयमा पत्र पठाउने निर्णय भने गत श्रावण २८ गतेको नगर कार्यपालिकाको बैठकले गरेको थियो ।

आगामी निर्वाचन नजिकिंदै गएकाले उपमहानगरपालिका बनाउन प्रक्रिया अघि बढाउन भन्दै दमकका नगर प्रमुख रोम नाथ ओलीले हस्ताक्षर गरि पठाएको माग पत्रमा उल्लेख छ ।

नगरपालिकाले सोहि दिन कमल गाउँपालिकालाई पनि बोधार्थ पठाएको खुल्न आएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *