दुधे, ४ भदौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटिले झापाको दुधेमा नगर कमिटिको कार्यालय स्थापना गर्नुका साथै अगुवा कार्याकता भेलाको आयोजना गरेको छ ।

नगरको ११ वटा वडाभित्र वडा स्तरीय कमिटि पुर्नगठन कार्य सम्पन्न गरे लगतै पार्टी नगर कमिटिले दुधे चौकमा नगर कमिटिको कार्यालय स्थापना गर्नुका साथै अगुवा कार्याकर्ता भेला गरेको हो ।

सो कार्यालयको आज (शुक्रबार) एक कार्यक्रमबीचमा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य एबम् प्रदेशसभाका प्रमुख संचेतक सांसद झलकसिंह दर्लामी ‘सन्देश’ले उद्घाटन गर्नुभएको छ ।

कार्यालय उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश १ का प्रमुख सचेतक सांसद ‘सन्देश’ले पार्टी केन्द्रीय कमिटिले संगठन सुढृढिकरण अन्तगर्तका बिभिध कार्यक्रमहरु र पार्टीको आगामी कार्यक्रममा कार्यकर्ताको भूमिकामाथि प्रष्ट पार्नुभएको थियो ।

नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा नगर कमिटिको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर सचिवालय सदस्य एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फू राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

नगर अध्यक्ष भट्टराईका अनुसार पार्टी केन्द्रीय कमिटिद्धारा पारित साङगाठनिक कार्ययोजना, भदौं मसान्तभित्रमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज १० मा देशभर एकैसाथ सेल र टोल भेला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, मंसिर १५ गते प्रदेश कमिटि सम्मेलन र पुस ११ देखी १३ गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने लगायतका बिषयहरुमा जानकारी गराइएको छ ।

कार्यक्रममा ११ वटा वडा कमिटिका अध्यक्ष र सचिवसहित अगुवा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो । हालै, वडा भेलाबाट निर्वाचित वडा कमिटिका अध्यक्ष र सचिवसहित वडा कमिटिका सदस्यहरुलाई बधाई तथा शुभकामना समेत आयोजना गरिएको नगर सचिवालय सदस्य प्रेम याम्फु राईले जानकारी गराउनुभयो ।

सो अवसरमा प्रदेश १ कमिटिका सदस्य भूमिका कार्की, जिल्ला कमिटि सचिव मणि साङपाङ राई, सचिवालय सदस्य रामबहादुर राई, जिल्ला कमिटि सदस्य एनपी लामीछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *