झिलझिले, ५ भदौं–कम्युनिष्ट आन्दोलनका योद्धा, सेल्टरदाता एबम् पुर्व जनप्रतिनिधि झापा शिबसताक्षी नगरपालिका वडा नं ८ का श्याम राईलाई हिजो (शुक्रबार) नेकपा (एमाले) वडा कमिटिले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको छ ।
मस्तिकघात (ब्रेनह्यामरेज) भएपछि पछिल्लो समय घरैमा स्वास्थ्य लाभ गरिरहेका राईलाई निजी निवासमै पुगेर नगर सम्मान गरिएको युवा नेता भरत शिवाकोटीले जानकारी दिए ।
सम्मान कार्यक्रममा पार्टीका प्रदेश १ सदस्य राजिव घिमिरे, पुर्व सांसद तारासम योङया, नेता राधाकृष्ण खनाल, नगर अध्यक्ष धनबहादुर थेबे लगायतले राईलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।
२०२८ सालमै बिद्यार्थी राजनीतिमा सक्रिय बनेका उनी अनेरास्ववियुमा आवद्ध भएका थिए । पार्टी भूमिगत कालमा उनी लामो समय सक्रिय राजनीीत गर्दै आफ्नो घरलाई नेतृत्वहरुको निम्ती सेल्टर बनाएका थिए । राईको घरमा जिल्ला र केन्द्रीय स्तरको भेला तथा सम्मेलन समेत सम्पन्न भएको युवा नेता शिवकोटीले बताए ।
नेता शिवकोटीका अनुसार ०४६ सालपछि राई नेकपा (एमाले) को राजनीतिमा सक्रिय थिए । उनी तत्कालिन सतासीधाम गाविसको वडा नं ४ का वडा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका थिए ।
पार्टी वडा कमिटि अध्यक्ष डम्बर निरौलाको अध्यक्षतामा नेता राईको घरमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा पार्टीका तर्फबाट नेताहरुले श्याम राईको स्वास्थ्य लाभको कामना गर्दै उनको योगदानको चर्चा गरेका थिए ।
सम्मान कार्यक्रममा राईका जीवन संगिनी छविसरा राईले आफ्नौ श्रीमानको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउदै पार्टी नेतृत्वलाई धन्यावद तथा आभार प्रकट गरेका थिइन् ।
कार्यक्रमलाई वडा इन्चार्ज सिताराम निरौलाले स्वागत मन्तव्य सहति राईको सामाजिक तथा राजनीति जीवनका बारेमा बोलको थिए ।

