मुम्बई, ५ भदौं–बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यौनकर्मीको भूमिकामा देखिने भएकी छन्। सञ्जयलीला भन्सालीले निर्माण गर्न लागेको नयाँ वेब सो ‘हीरामन्डी’ मा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

केही दिनअघि चलचित्र ‘गंगुबाई काठियावाडी’ को छायांकन सकेपछि भन्सालीले अहिले ‘हीरामन्डी’ को काम सुरु गरेका हुन्। सो चलचित्रमा अभिनेत्री सोनाक्षीले काम गर्ने पक्का भएको खबर बाहिरिएको छ। अभिनेत्री सोनाक्षीका पिता अभिनेता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भन्सालीसँग काम गरोस् भन्ने रहेको थियो।

‘हीरामन्डी’ मा अभिनेत्री हुमा कुरैशीले समेत काम गर्ने पक्का भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यो प्रोजेक्टमा सोनाक्षी र हुमा दुवै यौनकर्मीका रुपमा देखिनेछन्। अभिनेत्री सोनाक्षीले उक्त भूमिकामा आफूलाई अभ्यस्त गराउन तयारीसमेत सुरु गरिसकेकी छन्।

‘हीरामन्डी’ जसलाई शाही मोहल्लाका रुपमा पनि चिनिने गरिन्छ, त्यो पाकिस्तानस्थित लाहोरको रेडलाइड क्षेत्र हो। बेव सिरिजमा त्यहाँ रहेका यौनकर्मीको संस्कृति र जीवनीमा केन्द्रित हुने जनाइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *