काठमाडौं, ६ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । साबिक विजेता सिटीले शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एकरएक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको सातौँ मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । १५औँ मिनेटमा फेरान टोरेसको गोलले मान्यता पाएन । २२औँ मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २–० को बनाए ।

६४औँ मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ७१औँ मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीको अग्रता ४–० को बन्यो । ८४औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

जितसँगै सिटीले दुई खेलबाट ३ अंक जोडेको छ । सिटीको यो पहिलो जित हो । पहिलो खेलमा सिटी टोटेनहमसँग पराजित भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *