काठमाडौं, ६ भदौं–निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग कति प्रतिशत सांसद छन् ? भनेर पत्र पठाएको छ ।

आयोगले प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले) का २० प्रतिशत सांसद भएरनभएको जानकारी दिन शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । आयोगले दल दर्ताका लागि आएका सबै सांसदहरूको नामावली संसद् सचिवालयमा पठाएको छ ।

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरूले दबाब पनि दिइरहेका छन् । तर, सभामुखले त्यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

संसद् सचिवालयले प्रस्तावित पार्टीका सांसदहरू पदमुक्त भएको जानकारी गराए आयोगले केन्द्रीय समितिको २० प्रतिशतबाट दल दर्ता गराउने तयारी गरेको छ ।

“सभामुखले १४ जना सांसद होइनन् भनेमा हामी केन्द्रीय कमिटीबाट २० प्रतिशत हेरेर पार्टी घोषणा गर्छौँ । ती पनि हुन् भने दुवैतर्फबाट भनेर निर्णय गर्छौँ । अध्यादोअनुसार एकतर्फ २० प्रतिशत पुगे हुन्छ । तर, उनीहरूले दुवैतिरको दाबी गरेका छन्,” आयोग स्रोतले भन्यो ।

आयोगले उनीहरूलाई सनाखतका लागि यही भदौ ९ गते बोलाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *