दमक, ७ भदौं–पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधबकुमार नेपाल समुहका बिद्यार्थी संगठन अनेरास्ववियु इकाई कमिटिले दमक बहुमुखी क्याम्पसमा प्रशिक्षण मुलक एक भेला सम्पन्न गरेको छ ।
सो भेलालाई अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य, अखिल फोर्सका सहसंयोजक समेत रहनुभएका दमक बहुमुखी क्याम्पसका कार्यबहाक स्ववियु सभापति रोशन भण्डारीले बिद्यार्थीहरु परिवर्तन र आन्दोलनको पक्षमा उभिनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतथि समेत रहनुभएका बिद्यार्थी नेता भण्डारीले बिद्यार्थीहरु आफ्नो अध्ययनसँगै समाजक र राष्ट निर्माणमा जुटिरहनु पर्ने बताए । उनले बिद्यार्थीहरु हिजोदेखिनै परिवर्तन र आन्दोलनमा सक्रिय रहेको र आगामी दिनमा पनि सक्रिय रहनुपर्ने बताए ।
दमक बहुमुखी क्याम्पस अनेरास्ववियु इकाई कमिटिका अध्यक्ष आयुश्मान पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सदस्य मदन गुरुङ, अनेरास्ववियु झापाका नेता प्रज्वल भण्डारी, अनेरास्ववियु दमक नग अध्यक्ष सौरभ भट्टराई लगायतले पछिल्लो राजनीति घटनाक्रमबाट उत्पन्न परिस्थितीको बारेमा चर्चा गरेका थिए ।
त्यस्तैं, आगामी समयमै दमक नगर स्तरीय अखिल फोर्सलाई समेत गठन गरेर पार्टीद्धारा निर्देशन जिम्मेवारीहरु पुरा गरिने अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका अखिल फोर्सका सहसंयोजक भण्डारीले जानकारी दिए । अखिल फोर्सलाई साममाजिक बिकृती र विसगतीदेखि बिद्यालय वा क्याम्पसमा देखिएका अन्यौलता र अराजक बिरुद्धमा अभिएर जाने कार्यक्रम रहेको नेता भण्डारीले बताए ।
