काठमाडौं, ८ भदौं–प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारमा रहेका नेताहरुबीचको सहमतिलाई फण्डाको संज्ञा दिएका छन् ।
सोमबार चन्द्रागिरीमा आफ्ना सांसद र केन्द्रीय कमिटीका सदस्यहरुसँगको छलफलमा नेता नेपालले आफूहरुको पार्टी दर्ता हुन नदिनका लागि षड्यन्त्र गरेको टिप्पणी गरेको केन्द्रीय सदस्यले जानकारी दिए ।
“जब पार्टी दर्ताको मुखमा पुग्यौं । त्यसलाई भाँड्नलाई गर्ने ट्याक्टिसबाहेक केही होइन् । यो उहाँको भूलभूलैया मात्रै हो,” नेता नेपालले भनेका छन्,“ उहाँले इमान्दारितापूर्वक एकता चाहेको हो भने पार्टी दर्ता भएपछि पनि खुल्ला रुपमा संवाद गर्न सक्छौं ।”
पार्टीको विधान, राजनीतिक प्रस्ताव पनि केन्द्रीय सदस्य तथा सांसदहरुलाई वितरण गरिएको छ ।
त्यसमा केन्द्रीत रहेर मंगलबार दिनभर छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । दस्तावेज समूहगत रुपमा छलफल गरेर सुझाव दिने उनीहरुको तयारी छ ।
