शिबगञ्ज (शिबसताक्षी), ८ भदौं–झापामा आगामी भदौ ११ देखि १३ र १७ देखि १९ गतेसम्म गरी दुई चरणमा भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रहेकाले खोपको व्यग्र प्रतीक्षामा रहेका नागरिकलाई भेरोसिल खोपको दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खोप अभियानलाई कुपन पद्धतिबाट भिडभाड हुन नदिई सञ्चालन गर्न र उद्योग बाणिज्य संघबाट माग भए बमोजिम कोभिड विरुद्धको दशहजार डोज खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समितिको निर्णय अनुसार आजै जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गर्न पत्राचार गरेको छ।

दोस्रो मात्रा खोपका लागि भदौ ११ देखि १३ गते भद्रपुर, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिवारी, वारदशी र दमक गरी ९ वटा पालिका छन् भने भदौ १७/१९ गते कनकाई, झापा, शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जमा खोप अभियान सञ्चालन गरिनेछ।

भेरोसिल खोपको दोस्रो डोज लगाउने मिति घोषणा भए पनि गत चैतमा कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका झापालीहरूको मुहारमा चमक आउने गरीको निर्णय आउन भने अझै केही दिन कुर्नु पर्ने भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *