काठमाडौं, ९ भदौं–देशभर फेरि मनसुन सक्रिय भएको छ । यो केहि दिन अझै रहने मौसमविदले बताएका छन् । आज देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने तर सतर्कता तहभन्दा तल रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, सिन्धुली, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी, पाल्पा, रुपन्देही कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, अर्घखाँची, सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, कञ्चनपुर, कैलाली, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
