धरमपुर (शिबसताक्षी), १० भदौं–झापाको शिबसताक्षी नगरपालिका वडा नं १ को धरमपुरस्थित वडा कार्यालयलाई आज नेकपा (माओवादी केन्द्र) वडा कमिटिले समसामयिक बिषयलाई समेट्दै १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

धरमपुरको शुक्रबारेस्थित खन्यौरीचौकमा रहेको वडा कार्यालयमा माओवादी केन्द्रले एक कार्यक्रम आयोजना गरेर वडा कार्यालयबाट उपलब्ध भइरहेको दैनिक सेवा प्रबाहदेखि जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका, बालबालिका, महिला, दलित, जनजाति, पछाडी पारिएका बर्ग वा जाती लगायत शान्ति, सुरक्षा, लागुऔषध, दुव्यवसनी, चोरीका घटनाहरु सहित युवा लक्षित खेलकुद, कृषि र महिला शशक्तिकरण सम्बन्धी कार्यक्रमका बारेमा ध्यानकर्षण पत्र बुझाएको हो ।

माओवादी केन्द्रका शिबसताक्षी नगर कमिटिका कार्यालय सदस्य तथा सतासी साप्ताहिक खबर पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फू राईको उपस्थितिमा सो ज्ञापन पत्र बुझाएको हो । १२ बुँदे सो ज्ञापन पत्र वडा कमिटिका अध्यक्ष नेत्र नेम्बाङले वडा अध्यक्ष सुवास राईलाई ज्ञापन पत्र हस्तान्त्रण गरेका थिए ।

सो क्रमम पार्टीक वडा कमिटि अध्यक्ष नेम्बाङले वडा अध्यक्ष राईलाई आफ्नो वडावासीको समस्या सुनिदिन र उनीहरुको समस्यालाई उचित व्यवस्थापन गर्न आग्रह गरेका थिए । उनले वडाभित्र देखिएका भष्ट्रचार अराजक, अन्यौलता, बिकृति, बिसंगती र बेथितीका बारेमा वडा कार्यालयलाई अवगत गराएका थिए ।

ज्ञापन पत्र हस्तान्त्रण कार्यक्रममा माओवादी केन्द्रका नगर कार्यालय सदस्य तथा सतासी साप्ताहिक पत्रिकाको प्रधानसम्पादक राई, योङ कम्युनिष्ट (वाईसियल) नगर सचिव भुवन सेन्दाङ, जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका अध्यक्ष राम कार्की, दलित मुक्ति मोर्चाका वडा संयोजक एबम् धरमपुरका व्यवसायी मोतीलाल लकान्द्री, कलाकार धिरज परियार, युवा नेता खेम ढकाल लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र हस्तान्त्रण कार्यक्रमलाई सहजिकरण पार्टी वडा कमिटि सचिव पुर्ण लकान्द्रीले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *