दमक, ११ भदौं–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा नेकपा एकीकृत समाजवादी) ले संगठन निर्माण र विस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ ।

दमकको देबकोटा चौकस्थित सिद्धि मार्केटमा एकीकृत समाजवादीले सम्पर्क कार्यालय स्थापना गरेर दमक लगायत स्थानीय पालिकाहरुमा संगठन निर्माण र विस्तारका कार्यलाई तिब्रता दिइएको हो ।

यसैबीच भोली (शनिबार) दमक नगर स्तरीय दुईवटा कमिटि गठन गरिन लागेको पार्टीका जिल्ला कमिटि सहसचिव एबम् पुष्पलाल मित्रता केन्द्रका झापा अध्यक्ष मणि भण्डारीले ‘हाम्रोसरोकार’लाई जानकारी गराउनुभयो ।

भण्डारीका अनुसार दमकको १० वटै वडाहरुलाई समेट्ने गरी २५ सदस्यीय रहनेगरी पुष्पलाल मित्रता केन्द्र र दमक नगर स्तरीय बिद्यार्थीहरुको संगठन अखिल फोर्स गठन गरिने छ । सोही कार्यक्रममा दमक सम्पर्क कार्यालयको उद्घाटन हुने नेता भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष देबराज रेग्मी, मणि भण्डारी, दमक नगरका पुर्व प्रमुख इन्द्र बुडाथोकी, पार्टीका नेताहरु राजेन्द्र दाहाल, केन्द्र प्रसाई, भीम दाहाल लगायत कमल गाउँपालिका, शिबसताक्षी नगरपालिका र गौरादह नगरपालिकाबाट अगुवा नेताहरुको सहभागिता हुने नेता महेश घिमिरेले जानकारी गराउनुभयो । कार्यक्रमलाई सरकारद्धारा जारी निषेधज्ञालाई पालाना गर्दै थप व्यवस्थित र मर्यादित बनाइने नेता घिमिरेले जानकारी गराउनुभयो ।

त्यस्तैं, कार्यक्रममा युवा नेता सुमन कार्की, हरिकृष्ण पौडेल, खगेन्द्र बाराकोटी, सुजन भटटराई, कमल कटुवाल, दमक बहुमुखी क्याम्पसका कार्यबहाक स्ववियू सभापति एबम् अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, झापाली बिद्यार्थी नेताहरु प्रज्वल भण्डारी, मदन गुरुङ, महेश भटटराई लगायतका बिद्यार्थीहरु नेताहरुको सहभागिता रहने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *