दमक, १२ भदौं–नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको ८ औं नगर सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

संघका नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षता र नेकपा एमालेका प्रदेश कमिटी सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्यमा शनिबार पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले डेन्जोङ लामाको अध्यक्षतामा ६८ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

यसअघि, पौडेलको अध्यक्षमा २०७२ जेठमा युवा संघ दमक नगर कमिटी क्रियाशील थियो ।

संघका केन्द्रीय सदस्य जमुना निरौला अधिकारीका अनुसार पार्टीले सञ्चालन गरिरहेको संगठन सुदृढिकरण अभियान अन्तर्गत युवा संघको ८औं नगर सम्मेलन तीन महिनाभित्र सम्पन्न गर्ने म्याण्डेड सो सम्मेलन आयोजक कमिटीलाई दिइएको छ ।

लामाको संयोजकत्वमा रहेको आयोजक कमिटीको उपाध्यक्षमा खेम सापकोटा, सचिवमा विवेक शर्मा भट्टराई, सह-सचिवमा राजन श्रेष्ठ र कोषाध्यक्षमा ख्यामकुमारी परियार (सरु) रहेका छन ।

विस्तारित बैठकमा दमक नगर उपप्रमुख गीता अधिकारीले स्थानीय तहबाट भए गरेका महत्वपूर्ण कामहरुका साथै भावी योजनाहरुका बिषयमा समेत जानकारी गराउँदै शुभकामना दिएकी थिइन ।

एमाले नेतृ तथा अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल दाहालले पार्टीले सञ्चालन गरिरहेको अभियानका साथै युवाहरुको भुमिकाका बिषयमा चर्चा गर्दै शुभकामना दिएकी थिइन ।

बिबेक भटराईले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका केन्द्रीय सदस्य जमुना निरौला (अधिकारी) ले आयोजक कमिटीका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा संघका झापा अध्यक्ष शम्भु भण्डारी, संघका केन्द्रीय सदस्य राजकुमार थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *