माइधार (शिबसताक्षी), १३ भदौं–झापाको शिबसताक्षी–१० मा जीतेन्द्र शाहको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) वडा कमिटी गठन गरेको छ ।

नेकपा (माओवादी केन्द्र) को भातृसंगठन वाईसीएल नेपालले शिबसताक्षी नगरको सवै वडाहरुमा संगठन विस्तार गर्ने कार्यक्रम अनुसार आज माइधारमा आयोजित भेलाले वडा नं १० को कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षद्धयमा कुमार गौली र दीपक ऋषिदेब चुनिएका छन् । त्यस्तैं, सचिवमा गुन्जन गिरी, सहसचिवमा बिशाल गिरी र कोषाध्यक्षमा राधिका निरौला (कुवँर) चुनिएका छन् ।

वडा कमिटीको सदस्यहरुमा अमृत गौली, दिपक ऋषिदेब, नवराज कुवँर, सुजन कार्की, सन्तोस तामङ, सुजन राय, मिलन चौलागाई, धनबहादुर राई, यदुनाथ तिलिङ, अभिषेक योगी, युवराज राई, आशिष न्यौपाने, सागर राई, कपिल सुवेदी, अर्जुन पालुङवा, उपेन्द्र खड्का, तेजु चौहान, किरण चौहान, भानु कुवँर छन् ।

वडा कमिटी गठन कार्यक्रमम पार्टीका नगर अध्यक्ष महेन्द्र भटटराई, नगर सदस्य एबम् वाईसीएल नेपाल शिबसताक्षी नगरका पुर्व अध्यक्ष भुवन राई, पार्टी वडा १० कमिटीका अध्यक्ष पुष्प पौडेल, धनप्रसाद ढकाल लगायतका नेताहरुको उपस्थिती थियो ।

सो अवसरमा नवगठित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना सहित सपथ ग्रहण गराइएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *