शिबगञ्ज, १३ भदौं–झापाको शिबगञ्जस्थित वडा कार्यालयले आइतबार शिबसताक्षी-६ हल्दिबारी गाउँका दुई परिवारमा पर्न गएको दुःखद कार्यमा समवेदना–पत्रसहित रु ५ हजार सहयोग हस्तान्त्रण गरेको छ । हल्दिबारी गाउँका अजय राजवंशी (२१) को ५औं र जगत बहादुर खड्का (९१) को १०औं पुन्य तिथिको अवसर पारेर वडा कार्यालयले समवेदना पत्रसहित रु ५ हजार सहयोग हस्तान्त्रण गरेको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्की, वडा सचिव नवराज घिमिरे, वडा सदस्यहरु लक्ष्मी गुरागाई, नरमाया परियार, उषादेबि खड्का र बद्रीनाथ खनालले शोकाकुल परिवारको दुबै घरैमा पुगेर समवेदना प्रकट गरेका थिए । समवेदना व्यक्त गर्दै वडा अध्यक्ष कार्कीले नयाँ आर्थिक बर्षका सुरुवातसँगै यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष कार्कीले वडाभित्र बसोबास गर्ने वडावासीको निधन भएका दुःखद समयमा समवेदना व्यक्त गर्दै कार्यालयले समेवदेना पत्र र नगद ५ हजार प्रदान गरिने जानकारी गराउनुभयो । कार्कीका अनुसार यो कार्यक्रम प्रदेश १ भरीको पहिलो हो ।

राजवंशी लामो समयदेखि ब्लड क्यानसरबाट पीडित थिए । उनको भाद्र ९ गते निधन भएको हो । दमकस्थित एक कलेजमा अध्ययनरत राजवंशीलाई गत कार्तिकमा ब्लड क्यानसर भएको परिवारले उपचारको क्रममा जानकारी पाएका थिए ।

उनको उपचारको क्रममा परिवारद्धारा बिराटनगर, भरतपुर चितवनहुदै काठमाण्डौका अस्पतालहरुमा पुरयाएका थिए । आर्थिक अवस्था कमजोर राजवंशी परिवारले उपचारको क्रममा घरायसी धन सम्पती समेत बिक्री गरेका थिए ।

अजय घरका जेठा छोरा हुन् । उनका एक भाई छन् । आमा छोराहरुको हेरचारमा थिइन् । अजयका बुबा रोजगारीको शिलशिलमा बिदेशमा थिए । छोराको उपचारको क्रममा उनी चार महिना अघि मात्रै घर फर्किएका हुन् ।

त्यस्तैं, जेष्ठ नागरिक जगत बहादुर खड्काको भाद्र ४ गते निधन भएको थियो ।

यसअघि, वडा कार्यालयले शिबगञ्जका एक शोकाकुल परिवारमा समवेदना पत्रसहित नगद ५ हजार सहयोग हस्तान्त्रण गरिसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *