झिलझिले, १४ भदौं–सांसद एलपी साँवा लिम्बूले झापाको शिबसताक्षी–८ दीपन्योती चौकहुदै दक्षिणतर्फ जोड्ने क्षतिग्रस्त सडकको अनुगमन गर्नुभएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद साँवाले क्षतिग्रस्त सडकको अनुगमनपछि स्थानीवासीलाई सडक निर्माण कार्यमा ढिलाई नहुने बताउनुभएको थियो ।
नेकपा (एमाले) का नेता समेत रहनुभएका सांसद साँवाले सडक निर्माणमा आफ्नोतर्फबाट सकारात्मक पहल हुने बताउनुभयो । पार्टीका युवा नेता एबम् राष्ठ्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज रिङगालुङ राईले स्थानीयले सडकको अवस्थाप्रति गम्भिर चासो र चिन्ता गरेपछि सांसद साँवासहित पार्टीका अगुवा नेताहरुको टोलीले अनुगमन गरिएको जानकारी दिनुभयो ।
क्षतिग्रस्त सडकको मर्मत र पुर्ननिर्माणका पक्षमा स्थानीय सुजन राईले जानकारी गराउनुभएको थियो । पछिल्लो समय लगातारको वर्षासँगै आएको बाढीले सो दीपज्योती चौकहुदै दक्षिणतर्फ जोड्ने सडकको दायाँ–बायाँ भाग कटान गरेको राईले बताउनुभयो ।
अनुगमन टोलीमा नेकपा (एमाले) नगर अध्यक्ष धनबहादुर थेबे, युवा नेता सुरज रिङगालुङ राई, भीम लिवाङ, सिकिन पासवान, लगायतको सहभागिता थियो ।
