दुधे, १४ भदौं–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरपालिका अन्तर्गतको संगठन सुढृढिकरण र पुनर्गठनसहित वडा भेलाहरु तीब्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएपछि नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरकमिटी आक्रमक रुपमा आफ्नो संगठनलाई बलियो बनाउन थालेका छ ।
नेकपा (माओवादी केन्द्र) शिवसत्ताक्षीले हालसम्म १० वटा वडाहरू १, २, ३, ४, ५, ७, ८, ९, १०, र ११ को कमिटी भेला र गठन सम्पन्न भइसकेको छ । वडा नं १ को अध्यक्षमा नेत्र नेम्बाङ र सचिबमा पुर्ण लकान्द्रिको नेतृत्वमा २५ सदस्यीय कमिटी बनेको छ ।
वडा नं २ को अध्यक्षमा अध्यक्ष भिम नेम्बाङ र सचिब सन्तोश काफ्ले (उमाकान्त) को नेतृत्वमा २५ सदस्यीय र वडा नं ३ मा अध्यक्ष राजु लिम्बू र सचिबमा लयप्रसाद गौतमको नेतृत्वमा २९ सदस्यीय कमिटी गठन भएको छ ।
त्यस्तैं, वडा नं ४ का अध्यक्षमा हलचल ताजपुरिया र सचिवमा नरबहादुर लिम्बुको नेतृत्वमा १९ सदस्यीय कमिटी निर्माण गरिएको छ ।
वडा नं ५ मा अध्यक्ष शिव बिमली र सचिवमा टेक नारायण राजवंशीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन भएको छ । वडा नं ७ मा अध्यक्षमा अम्बिका प्रसाद अधिकारी र सचिवमा चैतु राजवंशीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ । वडा नं ८ मा अध्यक्ष बिष्णुदास राई र सचिवमा बिदुर निरौलाको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ ।
त्यस्तैं, वडा नं ९ मा अध्यक्ष भरत नवीन राई र सचिब दल बहादुर नेउपानेको नेतृत्वमा २५ सदस्यीय कमिटी निर्माण भएको छ । वडा नं १० मा अध्यक्ष नन्दप्रसाद राय र सचिब पुस्प पौडेल नेतृत्वमा २९ सदस्यीय वडा नं ११ मा अध्यक्ष साने श्याम राई र सचिबमा हरि कुमार थापाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुनर्गठन हो ।
जनबर्गिय संगठनतर्फ वाइसीएल नेपालको नगर कमिटी अध्यक्ष इन्द्र नेउपाने, उपाध्यक्ष सन्जिब राई, गोपाल नेयोङ (जिएन), सचिव भुवन सेन्दाङ
र सहसचिब सन्तोस ताजपुरिया र
कोषाध्यक्ष सङिता राय छन् ।
त्यस्तैं, शिबसताक्षी नगर स्तरीय अखिल (क्रान्तिकारी) को अध्यक्षमा बिरेन्द्र बस्नेत, उपाध्यक्षमा अमर सुनुवार, सचिव दिपा बस्नेत, स सचिव सत्यम ताजपुरिया, कोसाध्यक्ष शुसुस्मा राइ २९ सदस्य नगर कमिटी निर्माण भएको नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।
नगर अध्यक्ष भट्टराईका अनुसार हाल टोल कमिटी ,सेल समिति जनबर्गिय, जातीय मोर्चा र पार्टी सदस्य नवीकरणलाई तीब्र रुपमा अगाडी बढाइएको बताए ।
असोज २० गतेसम्म सबै कमिटी निर्माण गर्ने र असोज ३० गते नगर सम्मेलन गर्ने पनि अध्यक्ष भट्टराई ले बताए ।
