काठमाडौं, १६ भदौं–प्रिमियर लिग क्लब टोटेनहमले बार्सिलोनाका डिफेन्डर इमेर्सन रोयललाई अनुबन्ध गरेको छ । टोटेनहमले इमेर्सनलाई २६ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

इमर्सनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी अब टोटेनहममा पाँच वर्षका लागि रहने भएका हुन् ।

२२ वर्षीय इमेर्सन सन् २०१९ मा ब्राजिलयन क्लब एथ्लेटिको मिनेरियोबाट बार्सिलोनामा अनुबन्ध भएका हुन् । इमर्सन यसै सिजनमात्र ला लिगा क्लब रियल बेटिसबाट बार्सिलोनामा आएका थिए ।

इमर्सन गत सिजन बेटिसका लागि सबैभन्दा धेरै मिनेट मैदानमा बिताउने खेलाडीको रूपमा रहेका थिए । प्रिमियर लिग उपाधिका लागि बलियो बनेको टोटेनहमले उनलाई अनुबन्ध गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *