काठमाडौं, १६ भदौं– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।

सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ ।

खेल हेर्नका लागि कोरोनाविरुद्धको दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने एन्फाले जनाएको छ ।

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्विकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् ।

मन्त्रालय र प्रशासनबाट आवश्यक स्विकृती आइसकेक उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *