काठमाण्डौं, १७ भदौं–नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् ।

बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लागेका हुन् ।

काभ्रे-२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादीमा लागेका छन् । बाँस्कोटाको गाउँपालिका अध्यक्ष पनि एकीकृत समाजवादीमै लागेका छन् ।

मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *