काठमाडौं, १८ भदौं–नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन् ।

पार्टी निकट प्रगतीशील तथा पेशागत कानुन व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताए ।

विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसविपरीत गएर माधव नेपालहरूले पार्टी फुटाएको आरोप लगाए ।

“साथीहरूले विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । म यतिमात्रै भन्छु, विभाजनको औचित्य स्थापित गर्नुपर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँ छैन । कुनै विचार सिद्धान्त छैन । खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ?,” नेम्वाङले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *